१ कार्तिक २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तयार भयो सहिदस्मृति रङ्गशाला

२ माघ, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

बगैँचामै पुगेर बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक

जुम्ला, २ माघ ।  कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापनलगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् । प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताए। […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, भादगाउँ (भक्तपुर) । भक्तपुरको सूर्यमढीमा आज धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरु हुने परम्परा अनुसार जात्रा हुनलागेको हो । सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली

२ माघ, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जलचर जोगाउन समुदायकै सहभागिता

बलेवा बागलुङ, २ माघ । काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो । गाउँपालिकाले १६औँ गाउँसभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

२ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ । स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु एक […]

बागमती मुख्‍य समाचार समाचार समाज

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

२ माघ, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका–२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई लागुऔषध गाँजासहित गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधन सार्वजनिक गरेको हो । प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा सवारीसाधन जाँच […]

कोशी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सत्तरी वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

२ माघ, खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालको सदुपयोग गर्दा

२ माघ, नवलपुर (नवलपरासी) । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कर्णालीमा उत्पादित महको बजारीकरण गर्न मेला

कर्णाली, २ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् । ‘स्वस्थ जीवन र पर्यावरणका […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ, २ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं ६ नेर्पामा रु १२ […]