१४ श्रावण २०८३, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

निसान फर्काइएको सडकमा पदयात्रा सुरु

मङ्गलबारे, २४ पुस । भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ । नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ । आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ

धनगढी कैलाली, २४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए। आम नेपालीलाई शुद्ध खानेपानीको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मुल्य बढ्दा चाँदी स्थिर

२४ पौष, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य […]

अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

पछिल्लो समय मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

मुगु । पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोवार भएको छ । महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

स्थानीय व्यवसायलाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

मुगु । रैथाने बालीको परिकार तयार गरेर स्थानीय व्यवसायहरुले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीका अन्न,प mलफूलबाट नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी गर्न सकिने भन्दै तालिममा सिकेका वस्तुहरुको प्रदर्शनी गरिएका हुन् । बिगत २ दशकदेखी होटल सञ्चालन गर्दै आईरहेको पदमकला कार्कीले तालिममा कोदो, फापर, मम, चाउमिन, आलु चिप्स, […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

शिक्षामा सुधार ल्याउन ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) को ३९ विद्यालयलाई सहयोग

मुगु । मुगुको सोरुगाँउपालिकामा एक स्थानिय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउनको लागि बिगत ५ बर्षदेखी सहयोग गर्दै आइरहेको छ । ई.सि.डी कक्षादेखी ३ कक्षासम्म अध्यानरत बालबालिकाहरुको व्यावस्थापनको लागि कक्षाकोठाको भुईसिलीङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिफम, कार्पेट, सुज र्याक, […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा

रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका […]

अर्थ गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

गोरखा, २४ पुस । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय एमक्याप का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । अघिल्लो वर्ष सन् २०२३ […]

बागमती मुख्‍य समाचार समाचार समाज

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौँ, २४ पुस । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा […]

कोशी मुख्‍य समाचार समाचार समाज

ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

फिक्कल इलाम, २४ पुस । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ, २४ पुस । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी […]