१ कार्तिक २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य घट्दा चाँदी स्थिर

७ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको  दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो । त्यस्तै,चाँदीको […]

बागमती मुख्‍य समाचार समाचार समाज

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो । बैठकमा राष्‍िट्रय निकुञ्‍जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्‍ज प्रमुखहरुसँग छलफल गरिँदैछ । बैठकमा राष्‍िट्रय निकुञ्‍ज कार्यालयका प्रमुखहरुको उपस्थित रहनेछ ।

बागमती बैंक–वित्त मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह

७ माघ, काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

स्पेनिस ला–लिगामा रियलको सहज जित

काठमाडौं । केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

खो खो विश्व कपमा नेपाली पुरुष टोली बन्यो उपविजेता

काठमाडौं । खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो । नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रहरीबाट निर्घात कुटिए युवक, भिडियो भयो सामाजिक सञ्जालमा भाइरल

७ माघ, चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो । भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानिय पालिकामा सञ्चालन गरिने भएको छ । अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यानरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

यु–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् […]

अन्तर्राष्ट्रिय अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय […]

बागमती मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भूभाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भूभागमा बाक्लो हुस्सु […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

खो–खो विश्वकपमा नेपाल उपविजेता

काठमाडौं । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो । महिलातर्फ नेपाल र भारत दुव‌ै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

हमासले पहिलो चरणमा ३३ बन्धक मुक्त गर्ने, सूचीमा छैन विपिनको नाम

६, काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन । सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ […]