१ कार्तिक २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ, ११ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उनले सो आग्रह गरेका हुन्। नेपालको सङ्घीय संसदले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा

भक्तपुर, ११ माघ । नेपालमा पहिलोपटक हुन लागेका अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा भएको छ । यही माघ १२ गते शनिबारदेखि सुरु हुन लागेको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिता नेपालकै लागि नौलो भएको आयोजक फिट नेपालका प्रमुख  राजीव श्रेष्ठले जानकारी दिए। फिट नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले भक्तपुरको गुण्डुस्थित सुमेरु जङ्गल […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

शिक्षिका अष्ट्रेलियामा तर विद्यालयबाट तीन लाख तलब निकासा

सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा बेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ, ११ माघ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन, ११ माघ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेका हुन् । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताए । यसले महानगरपालिकालाई स्मार्टसिटी […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

किसानलाई कृषि औजार वितरण

जुम्ला, ११ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा रु १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर हाते ट्रयाक्टर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार समाचार समाज

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । उनी विगत ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । व्यवसायिक नेतृत्वमा रहेर […]

बागमती मुख्‍य समाचार समाचार समाज

देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् । महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित

कास्की, ११ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर एमबी आस्था निर्वाचित भएका छन् । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित भएका हुन् । यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा […]