मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने
१५ माघ, मनहरी (मकवानपुर) । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले […]











