३० आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मधेशको समृद्धि: चुरे संरक्षणमा सबैको चासो

१५ माघ, महोत्तरी । मधेशको समृद्धिका लागि चुरे संरक्षणको अपरिहार्यता भएको विज्ञहरुले औँल्याएको छ । विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले बर्दिबासमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको कार्यसूचीअनुसारको दुईदिने ‘चुरे संरक्षण र विकाससम्बन्धी प्रशिक्षण’ कार्यक्रममा चुरे तथा जलाधारविज्ञहरुले चुरेसँग मधेशको आम जीवन पद्धति नै गाँसिएको हुँदा यसको संरक्षणमा सर्वपक्षीय चासोको आवश्यकता विज्ञले औँल्याएको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः मन्त्री खड्का

काठमाडौँ, १५ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन, २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

१५ माघ, काठमाडौँ । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी उक्त निर्णय सोमबार राती सार्वजनिक गरेको हो । उनीहरुले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

म्याग्दी, १५ माघ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए । बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काँडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उनीहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

शिलान्यासको सत्र वर्षपछि कालोपत्र

१५ माघ, गोदावरी (कैलाली) । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो । सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सीप सिकेर आयआर्जन गर्दै महिला

घोराही दाङ, १५ माघ । यहाँका महिला सीप सिकेर आयआर्जन गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् । अहिले यहाँ एकमहिने होजियारी सीपमूलक तालिम सञ्चालन भइरहेको छ । यो तालिम सञ्चालनका लागि उपमहानगरपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको छ । त्यसले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् । उनले भनिन् ,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन […]

बागमती मुख्‍य समाचार समाचार समाज

एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान

१५ माघ, चितवन । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुरका एक सय ९८ विद्यालयका एक–एक शिक्षकलाई यो तालिम दिइएको छ । बाँकी छ पालिकामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड

१५ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उसले उल्लेख गरे । राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गर्नुहुँदै […]

बागमती मुख्‍य समाचार समाचार समाज

अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १५ माघ ।  सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । उनीहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपालमा एसयूभी दिपल ई०७ औपचारिक रुपमा लन्च, विक्री सुरु

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् । सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

भक्तपुर, १५ माघ । सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो ।  आजदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भने, “नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष […]