३० आश्विन २०८३, शुक्रबार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

२७ माघ, लमजुङ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

घरआँगनमै घुम्ती सेवा

महोत्तरी, २७ माघ । “कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भने, “आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

डुम्रे तनहुँ, २७ माघ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँक महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

बस दुर्घटनामा २३ जना घाइते

२७ माघ, भरतपुर (चितवन) । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उसका अनुसार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने कार्यसूचि रहेको छ । जसपाले यादवको संयोजकत्वमा अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदै छ । आज आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने छ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …

२७ माघ, काठमाडौँ । विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो । विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रकाशराज पाण्डेको हिमाल यात्रा : सगरमाथादेखि माउण्ट ओकान्कागुवासम्म

रामेछाप । रामेछाप बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठूलो भएपछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! बेंसी क्षेत्र अर्थात गर्तिरमा जन्मिएको व्यक्ति हिमाल र हिउँमा रमाउँदै विश्वकाअग्ला हिमचुचुरामा चहार्दै हिड्ला भन्ने कसले अड्कल गरेको थियो होला र ? गर्तिमा होइन हिमालमा नै जन्मिएकाले पनि आँट्न नसक्ने साहसिक काम आँटेका छन् रामेछापको लिखु […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

लमजुङ, २७ माघ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

२७ माघ, म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा रु ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो । आयोजनाका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ, २७ माघ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

भोजपुर, २७ माघ । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने […]