३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

 ‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’

पाटन ललितपुर, २९ माघ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गरेका छन्। गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

गलकोट बागलुङ, २९ माघ । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आएका छन् । एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ । हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहार संकलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । आज विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची

काठमाडौं । मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

बरहथवा सर्लाही, २९ माघ । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् । सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त […]

कोशी मुख्‍य समाचार समाचार समाज

अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया

तेह्रथुम, २९ माघ । जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो । प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी, २९ माघ । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै

सिरहा, २९ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

गलकोट बागलुङ, २९ माघ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौँ, २९ माघ । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी भएको र बृहत् […]

बागमती मुख्‍य समाचार समाचार समाज

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ । सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सोमबार वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो । कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरु […]