३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको विरोध

२९ माघ, काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिए । सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएको लगायतका विषयमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपभोक्ता अदालत चाँडै गठन गरिने

२९ माघ, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत गठन चाँडै हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा भएको छलफलमा उनले उक्त अदालत गठन भएसँगै नेपाली बजारलाई नियन्त्रित गर्ने, कालोबजारीलाई नियन्त्रण गर्ने जस्ता कुरामा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान आग्रह

२९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उसले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गरेको हो । उसले भने, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले संसदमा दुई तिहाइको धाक देखायो : पराजुली

२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । उनले सरकार पक्षले जति मन लाग्यो त्यतीबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसद बैठक नियम अनुसार चल्नुपर्ने माग

२९ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका प्रमुख सचेतकले उठाएको कुरामा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा समयको माग गर्दै उनले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले उठाएको कुराले अन्यौलता सिर्जना भएको भन्दै बैठक संसदको नियम अनुसार चल्न माग गरेका छन् । उनले भने, ‘भर्खरै प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले संसदलाई अपहेलना गर्यो : पाण्डे

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताए । उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ ।  अपहेलना गरिरहेको छ । र सरकारले जनताका […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

फिल्म चलेर या नचलेर भविष्य निर्धारण हुँदैन् तर ‘रंगी’ चल्छ : नम्रता श्रेष्ठ

२९ माघ, काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै मिस नेपाल एवम अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले अभिनय गरेको बताइन् । आफूलाई सुहाँउदो भूमिकाको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, २९ माघ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नुहुनेछ ।

कर्णाली मुख्‍य समाचार समाचार समाज

आठ करोड बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी रुकुमपश्चिम, २९ माघ ।आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी

हुप्सेकोट नवलपुर, २९ माघ । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । हुप्सेकोट गाउँपालिकाका […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

२९ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

युरोप निर्यात हुन थाले बटुका

झापा, २९ माघ । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड […]