२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

चितवन, ३० माघ । यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर, ३० माघ । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जनचेतना जगाउने कार्य अगाडि बढाएको छ । जिल्लाका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा स्वास्थ्य कार्यालयले पैरवी कार्यक्रम सञ्चालन गरेको छ । तीन वटै स्थानिय तहका वडामा पुगेर भद्रभलादमी, भलमन्सा, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीलाई सहभागी गराइ सिकलसेल एनिमिया र थालेसिमिया […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बिरामीका लागि ‘सटल बस’

चितवन, ३० माघ । भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निःशुल्क सटल छोटो दुरीमा चल्ने बस सञ्चालन गर्ने भएको छ । फागुन १ गतेअर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न

भक्तपुर, ३० माघ । जिल्लाको हनुमानघाटस्थित त्रिवेणीधाममा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि सम्पन्न भएको हो । हरेक वर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला हनुमान घाटस्थित त्रिवेणी धाममा आज स्नान गरी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पाँच हजार रोपनीमा चाक्लाबन्दी खेती

गण्डकी, ३० माघ । गण्डकी प्रेदशका विभिन्न जिल्लामा गरी पाँच हजार चार सय रोपनी जग्गामा चाक्लाबन्दी खेती गरिएको छ । नौ जिल्लाका २८ स्थापनामा जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन सुरु गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सात कृषक समूह÷कृषि सहकारीलाई कृषियन्त्र र उपकरण खरिदमा सहयोग गरिएको मन्त्रालयका वरिष्ठ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३० माघ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई निर्देशन दिएका छन्। आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

३० माघ, दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना सङ्कलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा

काठमाडौँ, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । युवा सङ्घका महासचिव सुमन पुरीले आज मातहतका जिल्ला कमिटीलाई यही माघ १३ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय जानकारी गराउँदै वैशाखको अन्तिममा महाधिवेशन गर्ने निर्णय भएसँगै आवश्यक तयारी र समन्वय गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

काठमाडौँ, ३० माघ । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि मङ्गलबार भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमा प्रसारण लाइन निर्माण ‘मोडालिटी’बारे सहमति भएको हो । नेपाल र भारतबीच भएको सचिवस्तरिय […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

छोरी शिक्षाबाट बालविवाहमा रोक सम्भव हुन्छ : मुख्यमन्त्री सिँह

जनकपुर । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरीबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे । बुधबार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका वालविवाहमुक्त […]

मधेश मुख्‍य समाचार समाचार समाज

हत्या गरेको अभियोगमा एक जना पक्राउ

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका—५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी छन् । मंगलबार राति घरायसी वादविवादको क्रममा उनीहरूबीच झै—झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा […]