२९ आश्विन २०८३, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो । नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त […]

मुख्‍य समाचार समाचार समाज

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन् । शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल एक खेलअगावै फाइनलमा, म्यानमारसँग खेल्‍ने

८ फागुन, काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

परशुरामले विद्यार्थीलाई पाँच लाखसम्म निर्ब्याजी शैक्षिक ऋण दिईदैं

फागुन ९, डडेलधुरा । परशुराम नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि शैक्षिक ऋण दिन नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । परशुराम नगरपालिका क्षेत्रका प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋण उपलब्ध गराएर शिक्षामा पहुँच विस्तार गर्न खोजिएको नगरपालिकाले जनाएको छ । ‘दूरदराज […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

८ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीबाट भएको एकमात्र गोलमा नेपाल पहिलो हाफमा अग्रतामा रहेको हो । कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर […]

बागमती मुख्‍य समाचार समाचार समाज

ओझेलमा प-यो कठजोरको निलकण्ठेश्वर महादेव मन्दिर

८ फाल्गुन, रामेछाप । मन्थली नगरपालिका–२ कठजोरमा रहेको निलकण्ठेश्वर महादेव मन्दिर प्रचार र संरक्षण नुहुँदा ओझेलमा परेको छ । दुई सय वर्ष भन्दा लामो इतिहास बोकेको मन्दिरको उचित प्रचार हुन सकेको छैन । दुई सय वर्ष भन्दा पहिले ठुली बारी भन्ने ठाउँमा एक किसानले हलो जोत्दै गर्दा हलोको सियो लागेको ठाउँबाट रगत निस्किएपछि किसानले गोरु […]

मधेश मुख्‍य समाचार समाचार समाज

११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ

८ फाल्गुन, पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक

८ फाल्गुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले भने, ‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक भयो : मन्त्री गुरुङ

८ फाल्गुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरूङले आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक रहेको बताएका छन् । विहीबार राष्ट्रिय समावेशी आयोग दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यले आयोगहरुलाई बोझको रुपमा लिएको बताएका हुन् । उनले भने,‘हाम्रो राज्यको मानसिकता कस्तो भने बाध्यता भएर बनाएका आयोगहरु यो त बोझ भो भन्ने छ । म […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता

गोरखा, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाएका छन् । गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आज गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘कामपाको नेतृत्वमा प्रशंसायोग्य काम’

काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गरे । उनले भने, “जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन । यो […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

 ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

काठमाडौँ, ८ फागुन । आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतमा आज बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ । यसैबीच, आज नै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् […]