२९ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ, ९ फागुन । मुलुकको कुल गार्हस्थ्य उत्पादन जिडिपी को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

भद्रपुर झापा, ९ फागुन । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो । प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागी छन् । यही फागुन ७ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

तनहुँ, ९ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग आज बिहान भएको सङ्क्षिप्त भेटमा उनले ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

एक तोला सुनको मूल्य एक लाख ७० हजार

काठमाडौँ, ९ फागुन । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

एजेन्सी । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइनबाट विकास गरिएको हो । रोबोटले […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

काँक्रेविहार सुर्खेत, ९ फागुन : मुगुको छायानाथ रारा नगरपालिका–११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहेका छन् । राडीपाखी बेचेर घरखर्च टार्दै आएको उनले राससलाई टेलिफोनमा बताए । उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् । कृषिकर्मबाट मात्र हातमुख जोर्न नपुगेपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले मिसन र भिजनका साथ काम गरेमा सबै क्षेत्रमा सफलता प्राप्त हुने बताएका छन् । नेपाली जनसम्पर्क समिति यूएईले ७५औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष श्रेष्ठले मिसन र भिजनका साथ अगाडि बढ्दा गाउँबाट काठमाडौं आएर डेराको जीवन सुरु गरेको र अहिले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् । ‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt(भ्रष्ट) भनिसक्यो, ईन्डियाले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार समितिले बन्दा (लोकल) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मटरकोसा प्रतिकेजी रु ५०, घिउसिमी (लोकल) प्रतिकेजी रु ४०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, ब्रोकाउली प्रतिकेजी […]

बागमती मुख्‍य समाचार समाचार समाज

३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ््याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य नयाँ अवतारमा प्रस्तुत भएका छन् । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् […]