पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन् । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘इमानदारिताले मात्रै सकारात्मक सफलता […]
धरान सुनसरी, ८ फागुन । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको […]
भक्तपुर, ८ फागुन । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ । मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको […]
गोदावरी कैलाली, ८ फागुन । धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको छ । ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र जिल्ला फुटबल सङ्घबीच सम्झौता भएको छ । धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नं ११ को दक्षिणकाली बहिरा आवासीय विद्यालय, वडा नं १५ को राष्ट्रिय माध्यमिक विद्यालय उर्मी […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते […]
गण्डकी, ८ फागुन । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् । सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् । […]
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आज(विहीबार)देखि काठमाडौंमा सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालबाट उक्त प्रदर्शनीको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दाहालले प्रर्दशनीले नेपाल क्रमशः ओद्योगीकरणतिर प्रवेश गरिसकेको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै उनले पूरानो टेलिकम नीतिले गाइड गर्न नसकेकाले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘टेलिकम पोलिसी संशोधन गर्दैछौं । पूरानो टेलिकम नीतिले हामीलाई गाइड गर्न सकेन । […]
तनहुँ, ८ फागुन । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्र गरिएको […]
दमौली तनहुँ, ८ फागुन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न गण्डकी सभ्यताको संरक्षणका निम्ति गण्डकी विमर्श सभाले कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे ‘गण्डकी घोषणापत्र’ जारी गरेको छ । उक्त पाँचबुँदे घोषणामा पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दू सनातनीको सांस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन […]
करापुटार लमजुङ, ८ फागुन । यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो । गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्दै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिवद्ध रहेको बताए। इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले […]