१० श्रावण २०८३, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

दाउन्ने डाँडामा आजदेखि मदारबाबा मेला

५ फागुन, मध्यविन्दु (नवलपरासी) । हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ । मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा, ५ फागुन । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’ नुब्री भ्याली […]

गण्डकी पर्यटन मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

५ फागुन, गण्डकी । पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए । गण्डकी […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती, ५ फागुन । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । सो कारबाहीबाट रु पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सन्दर्भ रासस वार्षिकोत्सव : दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

काठमाडौँ, ५ फागुन । राष्ट्रिय समाचार समिति को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भए । रासस केन्द्रीय कार्यालयबाट एक […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी, ५ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का वडा […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ ताप्लेजुङ, ५ फागुन । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजङ्गा […]

मधेश मुख्‍य समाचार समाचार समाज

पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज पर्सा, ५ फागुन । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा, ५ फागुन । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद सोनाम गेल्जेन शेर्पा

काठमाडौँ, ५ फागुन । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले केन्द्रले आफूलाई अधिकार नदिएको गुनासो गरिरहँदा प्रदेशसँग स्थानीय तहले उस्तै गुनासो गरिरहेको अवस्था छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले अधिकार दिन नचाहेको देखिन्छ । स्थानीय […]