२८ आश्विन २०८३, बुधबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

वीरगञ्ज पर्सा, १५ फागुन । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको […]

कोशी मुख्‍य समाचार समाचार समाज

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

फुङ्लिङ ताप्लेजुङ, १५ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव शुरु भएको छ । शिवरात्रीको दिन पारेर पोखरा १ गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा गरी शुरु गरिएको उक्त ज्ञानमहायज्ञको पहिलो दिन ४५ लाख रुपैयाँ दान संकलन भएको छ । ज्ञानमहायज्ञको पहिलो दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

वनगाउँका एकसय घर तरकारी खेतीमा

टीकापुर, १५ फागुन । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । “हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ”, स्थानीयवासी तीर्थ चौधरीले भने, “थोरै धेरैको कुरा हो […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षति

मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ । आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।थप क्षतिको […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौँ, १५ फागुन । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ । जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख÷प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी  बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य सचिव नियुक्तिमा सरकारलाई समावेशीकरणको मुद्दाले सहज, पहिलो प्राथमिकतामा डा. मिश्रा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबारबाट रिक्त भएको सचिव पदमा नियुक्तिका लागि रस्साकस्सी बढेको छ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेसँगै रस्साकस्सी बढेको हो । मन्त्रालयको सचिव पदबाट यही फागुन ११ गते आइतबारबाट डा. रोशन पोखरेल उमेर हदका कारण अवकास पाएपछि तीन जनाको नाम सिफारिस भएको छ । सचिवका लागि पहिलो नम्बरमा […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मिडिया सेक्टरमा एआईले प्रभाव पार्न सक्छ : आइटी व्यवसायी हरिराम रिमाल

हरिराम रिमाल नेपालका सक्रिय आइटी व्यवसायी हुन् । विश्वभर सूचना प्रविधि एवम आइटी क्षेत्रले अर्थतन्त्रमा उच्च भूमिका निर्वाह गरिरहेको सन्दर्भमा रिमालले पनि नेपालमा केही गर्ने उद्देश्यले देशभर संजाल विस्तार गरिरहेका छन् । हरेक निकाय एवम् क्षेत्र आइटीमैत्री बन्दै गइरहेका बेला रिमालले विकटेक अफिस सिस्टम नामक आइटी कम्पनी स्थापना गरेर नेपालका दूरदराजलाई आइटीमा जोड्ने प्रयास गरिरहेका […]