१० श्रावण २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

वन मुद्दा फछ्र्यौटमा समस्या

वीरगञ्ज पर्सा, १२ फागुन । पर्सा जिल्लामा वनपैदावर तथा वन्यजन्तुसँग सम्बन्धित दुई सय २२ मुद्दा वन ऐन २०७६ सँग दुबिधा भएकाले फछ्र्यौट हुन सकेको छैन । जिल्लामा आव २०८०/८१ सम्म दुई सय दुई वन मुद्दा दर्ता भएका छन् भने चालु आर्थिक वर्ष २०८१/८२ मा थप २० वन मुद्दा थपिएका छन् । वन ऐन २०७६ को […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

लमजुङमा भूकम्पको महसुस

लमजुङ, १२ फागुन । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी, १२ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्य समेत रहेका उनले भने “खच्चड, भरिया मार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शूल्क […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

छयानब्बे वर्षमा नागरिकता

चैनपुर बझाङ, १२ फागुन । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उनले भनिन्, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ, १२ फागुन । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । अबुधावीदेखि तीन […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

बरहथवा सर्लाही, १२ फागुन । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन–तीन दिनको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् । अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् । कहाँ–कहाँ कहिले–कहिले छ अभियान ? […]

मधेश मुख्‍य समाचार समाचार समाज

भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई माईती नेपाल धनुषाले गर्यो उद्धार

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ । माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ । उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु […]

मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न जनकपुरधाममा छलफल

जनकपुर । जनकपुरधामलगायत वरिपरिका क्षेत्रमा रहेको व्यापार र उद्योग व्यवसायलाई डिजिटर प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायी र सामानहब नेपालबीच छलफल भएको छ । जनकपुरधास्थित उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरी व्यापारीहरुले थोकमा सामान किनबेच गर्न सक्ने गरि काम गर्दै आएको सामानहब नेपालका प्रतिनिधिसँग छलफल गरेका छन् । सो क्रममा सामानहब […]