१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौँ, १२ फागुन । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन् । शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

लगनखेलमा पोखरी संरक्षणका लागि भवनहरु भत्काउन थालियो

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ । ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् । उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काएको बताए । उनले भने, […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै आर्मीलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सर्वोच्च निर्देशनालयको पत्र एकपक्षीय र पूर्वाग्राही : एनआरएनए

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार परमादेशको कार्यान्वयन गर्न निर्देशन दिएको विषयलाई एनआरएनए डा.बद्री केसी पक्षले आपत्ति जनाएको छ । काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएपछि डा.बद्री केसी समूहले अदालतको निर्देशनलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजबाट सुरु भएको छ । सोमबार काठमाडौंमा सुरु भएको बैठक मंगलबारसम्म चल्नेछ । पार्टी गठन भएपछि पहिलो आधिकारिक बैठक भएको कारण धेरै प्रस्तावहरु आएको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । यस्तै, उनले प्रस्ताव धेरै भएको हुनाले दुई दिनको समय थोरै भएपनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक संजाल विधेयकको विरोध नगरौं : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले धेरै नीतिहरु परिवर्तन गर्नुपर्ने बताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री गुरूङले धेरै स्थानमा नीतिहरु नै नभएकाले उल्टो बाटो हिँडिरहेको बताएका हुन् । उनले भने, ‘परिवर्तन नै नभएको हाम्रा नीतिहरु छन् । गणतान्त्रिक नेपालमा गतिलो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र […]

कोशी मुख्‍य समाचार समाचार समाज

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी सङ्खुवासभा १२ फागुन । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो । सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विचार प्रकोप न्यूनीकरण–निर्मम आत्मसमीक्षा अत्यावश्यक

काठमाडौँ, १२ फागुन । अहिले हिउँदको समय हो । पारिला घामको न्यानोमा आम जनसमुदायले जीवनयापन गर्ने मौसम हो । शिशिर ऋतुका माघ, फागुन सकिएपछि वसन्त बहारको समय आउँछ, चैत वैशाखको वसन्तीय सुगन्ध, बोटबिरुवामा नयाँ पालुवा पछि गृष्मका जेठ, असार र त्यसपछि वर्षा, अनि शरद्, हेमन्त हुँदै फेरि शिशिरकै आगमन हुन्छ । ऋतुहरुको यस्तो फेहरिस्त दिनाका […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्वेलडाँडा सडक स्तरोन्नति

भक्तपुर, १२ फागुन । चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे । बागमती प्रदेश सरकारको रु एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको रु एक करोड ५० लाख गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो । नगर प्रमुख खत्रीले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

झापा, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् । मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे । जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा […]

अन्तर्राष्ट्रिय पर्यटन मुख्‍य समाचार समाचार समाज

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौँ, १२ फागुन । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । लस एन्जलसमा यही फ्रेबुअरी २२ र २३ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् । मेलामा नेपाल ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालि, ओझा होलिडे टुर एण्ड ट्रेक्स प्रालि, फ्रेण्ड्स एडभेन्चर टिम प्रालि र […]