डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु
मुगु । मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ । हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो । […]











