१० आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सांसद महरको प्रश्न : प्रधानमन्त्रीले लोकतन्त्रलाई ‘बालेनतन्त्र’ बनाउन खोज्नुभएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले संसद र संविधानप्रति सरकार उत्तरदायी बन्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था शहीदहरूको बलिदान र संघर्षबाट प्राप्त भएको उल्लेख गरे । उनले वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा अन्य कुनै तन्त्र विकास गर्न खोजिरहेको हो भन्ने प्रश्न उठाए […]

बागमती मुख्‍य समाचार समाचार

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको भन्दै सत्ता पक्षका सांसदहरूले समेत त्यसलाई सामान्य बनाउने प्रयास […]

बागमती मुख्‍य समाचार विशेष समाचार

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुकुम्बासी समस्यामा गृहमन्त्री किन अनुपस्थित ? ’

काठमाडौं । संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्र शाहीले सुकुम्बासी समस्याजस्तो संवेदनशील विषयमा गृहमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका छन् । उनले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गरिएको भएपनि बैठकमा उपस्थित नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने […]

बागमती मुख्‍य समाचार समाचार

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठुलो सहयोग चाहिएको उनको भनाइ छ । उनले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको स्पष्ट पारे । उनका अनुसार लगानी नै आर्थिक सुधारको मुख्य आधार हो । विगतमा सरकारले लिएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन् । बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् । तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको हो । आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निवर्तमान कार्यकारी अधिकृत विद्युत उत्पादन कम्पनी लिमिटेड

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको उचित दोहन र उपयोगमा देखिएको सुस्तता राष्ट्रिय चिन्ताको विषय बनेको छ । जलविद्युतको अथाह सम्भावना भएर पनि ठूला र रणनीतिक आयोजनाहरूको कार्यान्वयनमा अपेक्षित गति हासिल हुन नसक्दा मुलुकले आर्थिक वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र ऊर्जा सुरक्षाका सुनौला अवसरहरू गुमाइरहेको छ । प्राकृतिक स्रोतलाई वैदेशिक मुद्रा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रियसभाको बैठक बस्दै

  काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।