१ जेष्ठ २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको भन्दै सत्ता पक्षका सांसदहरूले समेत त्यसलाई सामान्य बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई वेवास्था गर्नु दुखद् मात्र होइन्, संसदीय अभ्यासप्रतिको उदासिनता पनि हो । अझ सत्ता पक्षका माननीय सदस्यहरु त्यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ । आज दुई तिहाई संस्थाको आडमा सांसदहरुलाई कमजोर बनाउन खोजिएको अनुभूति भएको छ । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन् ।’
त्यस्तै उनले सदनलाई चिया चौतारीजस्तो बनाइएको टिप्पणी गरे । सदन गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा तर प्रधानमन्त्रीले गुरुकुल र विश्वविद्यालय बंक गर्न थालेको भन्दै आपत्ति जनाए ।
उनले भने,‘सदन एउटा चिया चौतारी होइन, जहाँ मन लागे आउने मन नलागे नआउने र मन नलागे जाने । सदन गुरुकुल,विश्वविद्यालय हुनुपर्छ । तर गुरुकुल आज एउटा परिस्थिति बनेको छ कि स्वयम् प्रधानमन्त्रीज्यूले यो गुरुकुल र विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ ।’
प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी पनि उनले दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि