बागमती सिँचाइ आयोजनाद्वारा अतिक्रमित जमिनको नापजाँच सुरु, ४०० घरधुरी प्रभावित हुने
रौतहट । बागमती सिँचाइ आयोजनाले आफ्नो स्वामित्वमा रहेको पूर्वी तथा पश्चिमी नहर क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया अन्तर्गत नापजाँच कार्य सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित जिरो माइलबाट नापजाँचको औपचारिक सुरुवात गरिएको हो । आयोजनाका अनुसार, संघीय सरकारको परिपत्र र निर्देशन बमोजिम अतिक्रमित क्षेत्रलाई आयोजनाको पूर्ण स्वामित्व र नियन्त्रणमा ल्याउन […]











