१ जेष्ठ २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुकुम्बासी समस्यामा गृहमन्त्री किन अनुपस्थित ? ’

काठमाडौं । संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्र शाहीले सुकुम्बासी समस्याजस्तो संवेदनशील विषयमा गृहमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका छन् ।
उनले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गरिएको भएपनि बैठकमा उपस्थित नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने विषय भएपनि उपस्थित हुन नसके कम्तीमा गृहमन्त्री आउनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो । हामीले समितिमा गृहमन्त्री बोलाउनुहोस् भनिसकेका छौं । सकभर समितिमा प्रधानमन्त्री आउनुपर्ने हो । किनकी विषय संवेदनशिल छ । प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री चाहियो भनेर समितिमा विरोध गरेका हौं ।’
शाहीले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गर्दा पत्रकारलाई नै बाहिर निकालिएको आरोप लगाए । उनले सरकार बहुमतको आडमा जथाभावी ढंगले अघि बढ्न खोजेको टिप्पणी गर्दै प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्न आग्रह गरे ।
उनले भने, ‘व्यवस्था अन्तरगत नै गृहमन्त्री बोलाउनुहोस् भन्दा समितिबाट पत्रकारहरुलाई नै बाहिर निकालियो । सरकारलाई के लाग्छ भने बहुमत छ, जे गर्दा नि हुन्छ । प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस् । हामीले काम नै खोजेका हौं, भाषण खोजेका होइनौं । गृहमन्त्रीको काम हो । समितिमा आएर भूमिहीन मान्छेहरुलाई के के व्यवस्थापन गर्ने जानकारी दिनैपर्छ । गृहमन्त्री नै बैठकमा उपस्थित हुनुहुन्न ।’
उनले सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापनबारे सरकारले स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै त्यसबारे जानकारी दिन गृहमन्त्री समितिमा उपस्थित हुनुपर्ने बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको