२५ आश्विन २०८३, आईतवार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

गण्डकी, १२ चैत । गण्डकी प्रदेशसभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरिएको निर्णय सार्वजनिक

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘ हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देश कुलमान घिसिङलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्दै उनले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ओली र देउवाको सुजताले गरिन् प्रशंसा : ‘उहाँहरु विकासप्रेमी हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन् । मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

घोराही दाङ, १२ चैत । लिग चरणको एक खेल बाँकी छूँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

मेलबर्नमा गुन्जियो नेपथ्य

मेलबर्न । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा । कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहो¥याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गौचरन जग्गामा केराखेती

देउखुरी दाङ, १२ चैत । ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौँ, १२ चैत । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल स्कुल केटिएस सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे । सो अवसरमा उनले सीप, रोजगारी, उद्यमशीलता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् । उनले भने,‘ओलीजी र कांग्रेबीच […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाए । उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ओलीले देउवालाई ‘विपक्षी दलको नेता’ भनेपछि…

१२ चैत, काठमाडौं । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिए । कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरू एउटै मञ्चमा पुगेका थिए । प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि सभापति देउवाले बोलेका थिए । देउवापछि सम्बोधनका लागि […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य […]