२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए । उनले भने, ‘डिजिटल नेपाल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अदालतलाई कागजविहीन बनाउने अभियान : अनलाइन प्रणालीको शुभारम्भ

काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको सुरुवात भएको छ । मंगलबार सर्वोच्च अदालतको हलमा एक विशेष समारोहको आयोजना गरी उक्त प्रणालीको सुरुवात गरिएको हो । सो अवसरमा प्रधान न्यायाधीशमान प्रकाशमान सिंह राउतले अनलाइन […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य

घोराही दाङ, १२ चैत । दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीको गुनासो : विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन लागिपरे

१२ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् । सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ‘राजीनामा दिएको २र३ भयो,’ उनले भने । ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती, १२ चैत । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए। “उद्योगको मेसिन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथामको लागि सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन् । मंगलबार नेपालमा रोगीको संख्या बढिरहेको तथा मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं) पुनस्र्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्ने उद्देश्यले समिति गठन गरेको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कबाड व्यवसायीहरूका मागमा आपसी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

डुम्रे तनहुँ, १२ चैत । यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

बन्दीपुर तनहुँ, १२ चैत । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र […]

बागमती मुख्‍य समाचार समाचार समाज

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

चितवन, १२ चैत । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । ‘हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा […]