८ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

सरकारले पनि भन्यो ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिको आइतबार बसेको १२ औँ बैठकमा उपस्थित सरकारी प्रतिनिधिहरूले एकताको महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति नै वैधानिक हुने र मे महिना पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने स्पष्ट पारेका छन् । बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश […]

कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

जुम्लाकी राममाया बुढाले जितिन् गोल्डेन ट्रेल नेशनल सिरिज

मुगु । हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन् । जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् । राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै […]

खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

मिसन–२०२६ खेलकुद अभियान हो : टंकलाल घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान) लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर संघका अध्यक्ष कुमार पन्त, […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले

काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरुले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहे प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयवासीले बाटो अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन् । आशुको हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सगरमाथा संवादमा प्रदेश र स्थानीय सरकारलाई सहभागी गराइने

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई सहभागि गराउने बताएका छन् । आइतवार सगरमाथा संवाद सचिवालयले आयोजना गरेको सगरमाथा संवाद २०२५ प्रेस ब्रिफिङमा बोल्दै उनले जलवायु परिवर्तनको प्रभावबाट सबै समस्यामा परेको भन्दै सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई पनि साथै लैजाने बताएका हुन् । उनले भने, ‘सगरमाथा संवादको […]