१९ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ढोका छेँ पुननिर्माण सुरु

काठमाडौं । काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ । सोमबार वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जगपूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गरेका हुन् । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

आज राष्ट्रिय भाक्का दिवस मनाइँदै, राजवंशी समुदायको परिकार भाक्का सबै जातजातिमा लोकप्रिय

काठमाडौं । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्। यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ। पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कर्णाली […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा तीन दिन ‘माघी महोत्सव’ हुने

रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य ‘माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ–संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको हो । गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ […]

बागमती मुख्‍य समाचार समाचार

वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषद्को दाबी

काठमाडौं । रामराज्य परिषद्ले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै यही संविधान अन्तरगत हुने निर्वाचनले राजनीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत गरेको छ । परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको […]

बागमती मुख्‍य समाचार समाचार

लायन्स क्लब अफ काठमाडौँ आभूषणद्वारा मानवसेवा आश्रम चितवन शाखामा खाद्यान्न तथा न्यानो कपडा सहयोग

चितवन। लायन्स क्लब अफ काठमाडौँ आभूषणले मानवसेवा आश्रमका आश्रिहरूको सेवाका लागि खाद्यान्न सामग्रीसँगै न्यानो कपडा वितरण गरेकाे छ । आइतबार मानवसेवा आश्रम चितवन शाखाको संरक्षणमा रहेका ९९ जना आश्रितहरूको सेवा सहजीकरणका लागि उक्त खाद्यान्न वितरण गरिएको हो। यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक भोजन तथा जाडो मौसममा आवश्यक न्यानो कपडाको व्यवस्थापनमा टेवा पुगेको श्रमले जनाएको छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत

काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२÷८३ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उनले भने,‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने ५.५४ अंकले घट्दै २६३५.०० विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स […]