२५ आश्विन २०८३, आईतवार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

झापाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’

झापा, २० चैत । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । चालु आर्थिक बर्ष २०८१/८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच सझदारी

काठमाडौँ, २० चैत । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

थाइल्याण्ड, २० चैत । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसैगरी थाइल्याण्डका तर्फबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ ं३ करोड नेपालीको भएको बताएका छन् । बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने भएकाले यो सबै नेपालीको भएको बताएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् । बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । उनले भने, ‘२००७ सालको जनक्रान्ति र रेडियो नेपाल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन, २० चैत । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी, २० चैत । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

रामेछाप । ६८ औँ सहकारी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रमहरु गरिएका छन् । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न सहकारी संघहरुको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत बिहान मन्थली बजारमा ¥याली आयोजना गरिएको थियो । ¥याली पछि आयोजित कार्यक्रम मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले सहकारी संस्थाहरू मापदण्ड अनुसार चल्नुपर्ने बताइन् । उनले मापदण्डमा चलेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेशसभाको बैठक आज

बागमती, २० चैत । बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए । सरकार पक्ष र प्रतिपक्ष […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

बैङकक, २० चैत । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए। त्यसअघि थाइल्याण्डको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी, २० चैत । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ मा […]