२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका छन् । मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिनुहुँदै उनले ‘आधुनिक नेपालको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका छन् । समाजको महत्त्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै छन् । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

पर्वत, २० चैत । कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ, २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ११५१ मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २० चैत । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआइसीडीपी सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गलकोट बागलुङ, २० चैत । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका खड्काको प्यानल विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्का नेतृत्वमा प्यानल विजयी भएको छ । मंगलबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार  नेविसंघका खड्काले नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुका जगतजंग शाहीलाई  २ सय ८० मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । खड्काले १ हजार १ सय […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ 

पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् ।  जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.–११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराती रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् । रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]