२४ आश्विन २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बुटवल-नारायणगढ सडक सञ्चालन

मध्यविन्दु नवलपरासी, ३१ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ : श्रेष्ठ

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नयाँ नेपाल निर्माणको लागि सोचाइ, चिन्तन र कार्यशैली बदल्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिकीकरण तथा प्रेस स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले विषय बस्तुलाई हेर्ने दृष्टिकोण रचनात्मक हुनुपर्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलार्मा क हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

टी–२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। हङकङले नौ ओभरमा तीन […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतवारका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँमा खरिद बिक्रि भईरहेको छ । यस्तै, आलु रातो प्रतिकिलो ३५, प्याज […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ

पर्सा । पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रशासनले लगाएको कफ्र्यु उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । स्थानीय प्रशासनले तोकेको आदेश विपरित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन

पर्सा । पर्सामा दुई पक्ष बिच झडप भएपछि लगाइएको कफ्र्युका कारण आईतवार बिहान बिरगंज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो । दुई पक्ष बिच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

पञ्चकन्या क्रसकन्ट्री दौडमा किरण र रुबिना विजयी

नुवाकोट । दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौडको पञ्चकन्या पालिकास्तरीय ५ किमितर्फ किरण तामाङ र रुविना तामाङ विजयी भएका छन् । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा नुवाकोटको पञ्चकन्या गाउँपालिकामा शनिबार भएको प्रतियोगितामा ५ किमि पुरुषतर्फ किरणले २२ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी उपाधि जिते । मनहरि थापा २२ मिनेट ४९ सेकेन्डबाट दोस्रा तथा दिपेश […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइतबारदेखि आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ। आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन्। नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

ललितपुर । नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ । ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नम्बर १७ को साबिक सरकारी पर्ती […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पर्सामा आइतबार १२ बिहान बजेसम्म कफ्र्यू

पर्सा । पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कफ्र्यू’ आदेश जारी गरेको छ । वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि हिजो बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर […]