७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएका छन् । बैङ्ककमा आयोजित छैठौँ बिमस्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बङ्गालको खाडी क्षेत्रका नागरिकको साझा आकांङ्क्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स एक्यूआई सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

गण्डकी, २१ चैत । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो । “पदयात्रामा आउने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडी, २१ चैत । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सञ्चालन गरिएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा आप्रवासी स्रोत केन्द्र्र सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयभित्र स्थापना गरिएको स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

चौतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर

वीरगञ्ज पर्सा, २१ चैत । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार ३४ टन प्याज चोरी पैठारीमा संलग्न भएको भन्दै शिव पार्वती ट्रेडर्सका सञ्चालक जनकदुलारी देवी, भारतीय मालवाहक १६ चक्के लरी ट्रकका चालक […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

नेपालगञ्ज, २१ चैत । बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् । कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् । “जहाँको बालीमा रोग देखिएको छ त्यहाँ शिविर सञ्चालन गरिएको हो”, केन्द्र प्रमुख विनोद घिमिरेले भने । सागसब्जीका पकेट क्षेत्र भएका स्थानलाई प्राथमिकतामा राखेर […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुर, २१ चैत । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो । “असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

म्याग्दी, २१ चैत । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते

ठाकुरबाबा बर्दिया, २१ चैत । पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् । डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एक बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो

गलकोट बागलुङ, २१ चैत । बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि रु ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ । ‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै

पाँचथर, २१ चैत । नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चाँैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना […]