२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरुलाई महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई अपिल गरेको छ । महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बिमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान

कास्की, २ वैशाख । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने रु तीन हजार ५०० […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

भोजपुर, २ वैशाख । रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो । वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा

वीरगन्ज पर्सा, २ वैशाख । बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक र रोजगारदाताबीचको कानुनी उपचार खोज्नका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता कायमै छ । यसबाट श्रमिक र रोजगारदाताको समय र खर्च दुवै बढी हुने कारणले पनि न्यायको पहुँचसम्म पुग्न हिच्किचाइरहेको अवस्था छ । मुलुकभरकै श्रमिक तथा रोजगारदाताहरू श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन, २ वैशाख । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मध्यपुर थिमिमा सिन्दुर जात्राको रमझम

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले आज(मंगलबार) सिन्दुर जात्रा मनाएका छन् । नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमि क्षेत्रका बासिन्दाले हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका हुन् । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । यो जात्रामा मानिसहरु एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अमेरिका रहेका लेखक घिमिरेका दुई पुस्तक सार्वजनिक

काठमाडौं । लेखक पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक भएको छ । हालै अमेरिकाको रिचमन्ड, भर्जिनियामा सिनेटर स्कायलर टी.भ्यान भाल्केनबर्ग, लेखक घिमिरे, रिचमन्ड, भर्जिनियाका नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने, समाजसेवी रोशन घिमिरेले पुस्तक लोकार्पण गरे । लेखक घिमिरेका […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार मङ्गलवार आज सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसंग भने,‘घटनामा […]