२४ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटका शिक्षक काठमाडौँ आन्दोलनमा, भर्ना अभियान प्रभावित

रौतहट । रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम ः चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् । शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन् । उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार

काभ्रेपलाञ्चोक, ६ वैशाख । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायत परिषद्मार्फत नियमित रूपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार ८४० लाई सीपमूलक तालिम, ८०० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

प्रविधिमैत्री बन्दै कामपाका विद्यालय

काठमाडौँ, ६ वैशाख । काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गरेका हुन् । प्रदान गरिएका बोर्डहरू […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

ढोरपाटन बागलुङ, ६ वैशाख । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा बाँके, ६ वैशाख । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए । “लुम्बिनी कप अन्तरराष्ट्रिय […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहट आगोलागी : दुई करोड मुल्य बराबरको क्षती

रौतहट । रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनकोशीको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

रामेछाप । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ । असोज महिनामा आएको भीषण बाढीले खाँडादेवी गाउँपालिका–४ को पुछिघाटमा रहेको झोलुङ्गे पुलमा क्षति पु¥याएको थियो । पुलमा क्षति पुग्दा स्थानीयलाई नदी वारपार गर्न निक्कै समस्या भएको छ । पुछिघाटका स्थानीयको खेती सुनकोशी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो । आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त हुँदै छन् । आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (शनिवार) आजको लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५ निर्धारण गरिएको छ । यस्तै, आज आलु रातो प्रतिकिलो रु […]