६ श्रावण २०८३, बुधबार
कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा

मुस्ताङ, २६ चैत । घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत गाउँपालिकाले उनीहरूलाई पालिकाभित्रका प्राकृतिक तथा जैविक सम्पदाको सरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने काममा खटाएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक श्रोतको रक्षा गर्न […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘माया के हो’ गीत श्रव्यदृश्य सार्वजनिक

काठमाडौँ, २६ चैत । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीत श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताए। उनले भने, “अहिले सामाजिक विषयका चलचित्र बढी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास

वायु प्रदूषण नेपाल सरकारको प्राथमिकतामा परेको छैन् । यसलाई हट इस्यू मात्र बनाइएको छ । जुनबेला प्रदूषण बढ्छ त्यो बेला मात्र आवाज उठाउने र योजना बनाउने गरेको पाइन्छ । त्यसपछि बर्षा हुने, हावाहुरी चल्ने अनि इस्यू आफैं सेलाएर जाने गरेको पाइन्छ । यस्तै खालको मानिकतामा अहिलेपनि हामी बाँचिरहेको छौं । डा.भुपेन्द्र दास वायु गुणस्तर विज्ञ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

रौतहट । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ । भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो । संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग

रामेछाप । नेपालका ११ वटाभन्दा बढी कम्युनिष्ट पार्टीका नेताहरूले रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाको माग गरेका छन् । पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले चैत २३–२५ सम्म रामेछापको कठजोर, भँगेरी, मन्थली र मदौ सिर्जनानगरमा आयोजना गरेको बृहत् भेला र बिचार गोष्ठीले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र कृष्णलाल अधिकारीलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरुले सम्बन्धित क्रियाकलापहरु सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गर्नेतर्फ अग्रसर भएको छ । उपप्रधानमन्त्री एवं […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र  पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘हामीले देशलाई […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

लेक लागेर पर्यटकको मृत्यु

मनाङ, २६ चैत । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले राससलाई बताए। दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा बाँध नबन्दा पहुँच मार्ग र बस्ती जोखिममा

दोधारा चाँदनी कञ्चनपुर, २६ चैत । महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड बाँधको डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ । गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड बाँध भत्काएको थियो । उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समय अनुसार नीति परिवर्तन जरुरी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नीतिहरु समयअनुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले नीजि सवारी साधनहरु […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौंः प्रधानमन्त्री

जनकपुर, २६ चैतः । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट […]