६ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् । मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन अहिंसात्मक शान्तिपूर्ण हुन्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खु  क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली  (मंगलबार) गर्ने प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए। उनले भने, ‘मंगलबार बल्खु  क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए पनि श्रमदान गरेर ल्याउँछु’

काठमाडौँ  । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री  केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताएका छन् । काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् । गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु(याएको योगदान विषयक अन्तरक्रियामा उनले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् । “चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजतन्त्र फर्काउने पक्षमा भारत छैन : देउवा

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न […]

खेलकुद गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटः सिइसी काठमाडौं सेमिफाइनलमा

पोखरा । राष्ट्रिय खेलाडी सहभागी सिइसी काठमाडौं केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ । तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बढ्दो वायु प्रदूषणका बारे विज्ञहरुको चिन्ता : विगतका कार्ययोजना कार्यान्वयनमा जोड

काठमाडौं । वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको ‘वायु प्रदूषणको कहरः जवाफदेही को ?’ शीर्षकको ‘हाकाहारी बहस’मामा बोल्ने अधिकांश सरोकारवालाहरुले वायु प्रदूषणमा चिन्ता व्यक्त गर्दै समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराए । काठमाडौंसहित देशैभर बढेको प्रदूषण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव

काठमाडौँ, २५ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न जरुरी रहेको बताए। “मुलुकको […]