२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

जुम्ला, ५ वैशाख । जुम्लाको गुठीचौर गाउँपालिका–३ मा रहेको ‘सुर एन्ड सुपुन्ना अर्गानिक’ होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित भएका छन् । करिब १० वर्ष कतार, दुबई र बहराइनलगायत देशमा सेफ भई काम गरी हाल आफ्नै जन्मथलोमा होटल व्यवसाय गर्दै आएका जुम्लाका युवा बुढा ‘ग्लोबल नेपाली सेफ अवार्ड २०२५’ बाट सम्मानित भएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक हो : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीमा सुनिश्चित गरिने बताए । उनले भने, ‘खानेपानी सेवा जनताको […]

बागमती मुख्‍य समाचार समाचार समाज

मन्त्री गुप्ता अमेरिका प्रस्थान

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातीहरूका मुद्दाहरूसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौबीसौँ सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले यही […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश विकासमा मतभेद नराखौँ : प्रधानमन्त्री ओली

चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा मन्त्रीको सिंहको जोड

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए । सडक बनेलगत्तै ढल, खानेपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत उनीहरुको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

किमाथाङ्का सङ्खुवासभा, ५ वैशाख । जिल्ला अस्पताल सङ्खुवासभामा आङ पाठेघर खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । आङ खस्ने समस्या रहेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन् । आन्दोलन आज शुक्रबार १७ औं दिन पुगेको छ । शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

परीक्षा बोर्डले भन्यो : भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ

काठमाडौं । वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीवर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएको भन्दै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा

ढोरपाटन बागलुङ, ५ वैशाख । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् । “हाम्रो गाउँमा पाँच(सात ठाउँमा वरपिपलका रुख थिए, मान्छेले बिहान–बिहान आएर पूज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरू हिँड्दा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’

न्युयोर्क अमेरिका, ५ वैशाख । न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ । मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो […]