भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
काठमाडौँ, ११ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आउनु भएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि गएका थिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत […]











