‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’
काठमाडौँ, ११ वैशाख ।नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । एमालेले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए । “तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ”, महासचिव पोखरेलले भने,देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब […]











