१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ, २ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । जिल्ला सदरमुकाममा […]

गण्डकी मुख्‍य समाचार समाचार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

गण्डकी, २ माघः आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र भएको कास्कीमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । कास्की क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत, २ माघः फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाककानघाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो । […]

कोशी समाचार समाज

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी, २ माघः झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको […]

बागमती मुख्‍य समाचार समाचार

मध्यपहाडी लोकमार्गः आर्क ब्रिज निर्माण सुरु

पर्वत, २ माघः पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ । परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत […]

कोशी मनोरन्जन मुख्‍य समाचार समाज

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर, २ माघः माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी, २ माघः चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका […]

मधेश मुख्‍य समाचार समाचार

जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

सर्लाही । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए। उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ। जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ। माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ […]