१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौँ, २९ चैतः वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएका छैनन् । साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएका छन् । वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौँ, २९ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए । साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बागमती मुख्‍य समाचार समाचार

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याएका छन् ः प्रल्हाद दाहाल काठमाडौं । नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ । पछिल्लो समय पार्टी एवम भोजहरुमा पनि बजारी सामान जुस (कोक, फेन्टा) भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ । जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ । […]

बागमती मुख्‍य समाचार समाचार

सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । यसै सिलसिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी राय सुझावका लागि सार्वजनिक गरेको हो । विधायन ऐन, २०८१ को दफा ६ (२) मा रहेको व्यवस्था […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी

काठमामाडौं । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् । वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि […]

कर्णाली खेलकुद मुख्‍य समाचार समाचार

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेकोले बाँकि काम सम्पन्न गर्न तदारुपता देखाउनुपर्ने उनको भनाई छ । रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौँ, २९ चैतः नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेएका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल रहीमसँग […]

बागमती मुख्‍य समाचार समाचार

सरकारको अदूरदर्शी निर्णयले ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्व

केरा आयातमा ‘अव्यवहारिक’ प्रतिबन्धः खुद्रा मूल्य ३०० पुग्यो, विषादी चेकजाँच बिनानै बजारमा अवैध केराको दबदबा अम्मर बानियाँ : अध्यक्ष नेपाल फलफूल थोक व्यवसायी संघ केरा आयात ठप्प हुँदा राज्यले दैनिक करिब ५० लाख रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ । वार्षिक २८ करोडभन्दा बढी राजस्व बुझाउने फलफूल व्यवसाय क्षेत्र अहिले धराशायी बनेको छ । काठमाडौं । […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो । तर, विडम्बना कर्णालीका सात जिल्लामा नौ वटा विमानस्थल हुँदाहुँदै पनि यहाँका बासिन्दाले यात्रामा सास्ती भोग्नुपर्ने नियति बदलिएको छैन । एकातिर करोडौँ खर्चेर बनाइएका संरचना प्रयोगविहीन छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए । उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २४ रुपैयाँ र गोलभेँडा सानो (तराई) २८ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १७ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज […]