१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

आज सङ्घीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने

काठमाडौं । सङ्घीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । निगमले पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

रक्त अभावले थलिएको स्वास्थ्य सेवा : बाजुरामा ब्लड बैंकको समस्या, भनसुनको भर

बाजुरा । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् अथवा रक्तश्राव हुँदा यसबेला रगतको आवश्यकता पर्दछ । साथै कुनै गम्भीर प्रकारको दुर्घटना भएपछि अस्पताल पु¥याउँदा विरामीलाई रगत आवश्यक पर्ने गर्दछ । तर बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र अर्थात् ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । यहाँको जिल्ला अस्पताल, कोल्टी आधारभूत अस्पताल कोल्टीलगायतका अस्पतालमा ब्लड बैंक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सङ्कटमा गैँडाटारको मौलिकताः आधुनिकताको मारमा परम्परागत पानीघट्ट

रौतहट । रौतहटको उत्तरी भेगमा अवस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ३, गैँडाटारकाे पहाडी फेदीबाट कलकल बग्ने सानो खोला र त्यही खोलाको पानीबाट घुम्ने घट्टका ढुङ्गाहरू कुनै समय यहाँको जीवनशैलीका पर्याय थिए । तर, समयको बदलिँदो बहाबसँगै अहिले यी परम्परागत पानीघट्टहरू इतिहासको पानामा सीमित हुने खतरामा पुगेका छन् । पुर्खौंदेखि स्थानीयको सेवा गर्दै आएका ‘तितुङको घट्ट’ […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमः कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मूख्यतया […]

बागमती मुख्‍य समाचार समाचार

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर

काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् । बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख अर्याल र अध्यक्ष दाहालीबीच भेटवार्ता

काठमाडौँ, २६ चैतः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका थिए […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौँ, २६ चैतः कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन् । बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेका हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको […]

बागमती मुख्‍य समाचार समाचार

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारवाही

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोधः विनासर्त रिहाइको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

रौतहट । रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना प्रमाण पक्राउ गरेको भन्दै पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् । गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना व्यवसायीको रिहाइको माग गर्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् । मालपोत कार्यालय गौरबाट चार जना र चन्द्रपुरबाट एक जना गरी पाँच […]

बागमती मुख्‍य समाचार समाचार

प्राविधिक शिक्षालयका लागि कागेश्वरी मनोहरास्थित अमरसिंहचोकमा ज्ञान महायज्ञ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा–७ अमरसिंहचोकमा संचालित ‘कागेश्वरी शैक्षिक तथा धार्मिक महोत्सव तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ’ भक्तालुहरुको संख्या बढ्दै गएको छ । यही चैत्र २४ मंगलबार उद्घाटन भएको महायज्ञमा तेस्रो दिन विहीबार भक्तालुहरुको उल्लेख्य उपस्थिति देखिएको । चैत्र ३० गतेसम्म संचालन हुने महायज्ञमा दिनहुँ भक्तालुहरुको भीड बढेको हो । निजानन्द प्राविधिक विद्यालय स्थापना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् । उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका […]