१४ असार २०८३, आईतवार
कर्णाली मुख्‍य समाचार समाचार

‘कुडा कर्नालीका’मा उमा वादीको विद्धत प्रवचन : पढाईको होइन, पीडाको डिग्री सुनाउँदै छु’

सुर्खेत । जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका…..’ कर्णाली उत्सवको स्टेजमा पुगिन् त्यतिबेला निकै भावुक पनि देखिइन् । कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधि पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन वादी समुदायको जीवन भोगाई, भोग्नु परेको विभेद र उत्पीडनका श्रीखंलाहरु शब्दमा उतारिन् । ‘धेरैलाई लाग्दो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै संघले उक्त निर्णय लिएको हो । सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् । भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ । भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ । स्थानीयका […]

मधेश मुख्‍य समाचार समाचार

शिवनगरको आँगनमा पोखिए नागरिकका पीडाः ‘प्रहरी प्रशासन निर्दोषको सहारा बनोस्’

रौतहट । रौतहटको शिवनगरस्थित कानु समाज धर्मशालाको प्राङ्गण आइतबार अलि भिन्न देखियो । त्यहाँ केवल एउटा औपचारिक कार्यक्रम भइरहेको थिएन, बरु राज्यको सुरक्षा निकाय र नागरिकबीचको विश्वासको एउटा पुल बनिरहेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा भएको ‘नागरिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा स्थानीयका गुनासो, अपेक्षा र सुरक्षाप्रतिको तिर्खा स्पष्टै झल्किन्थ्यो । ‘पीडित जब न्यायको आश बोकेर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आशा भोसलेको निधनले स्तब्ध नेपाली संगीत : कालजायी छन् नेपाली गीत

काठमाडौं । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्वगायिका हुन् । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजका माध्यमबाट दशकौँसम्म राज गरिन् । उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन् । हिन्दी बाहेक उनले मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजी हुँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा […]

बागमती मुख्‍य समाचार समाचार

भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका डा.प्रतित समदानीले उनको निधनको पुष्टि गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् । कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे । उनले भने, ‘स्थानिय तहमा रोजगारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अटिजम केयर नेपाल सोसाइटीः दुई दशकको संघर्ष, अझै अपूरा चुनौती

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान तयार पार्छिन् । कसैका लागि त्यो सामान्य दिनको सुरुवात हो । तर यदि त्यो बच्चा अटिजम स्पेक्ट्रममा पर्छ भने, त्यो बिहान केवल दिनको सुरुवात हुँदैन । त्यो एउटा संघर्षको निरन्तरता हुन्छ । बच्चाले जुत्ता लगाउन नमानेको, आवाजबाट डराएको, नयाँ ठाउँमा जान नचाहेको वा बोल्न नसकेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौँ, २९ चैतः वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएका छैनन् । साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएका छन् । वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न […]