१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

काठमाडौं । सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी भएको ठहर गर्दै तत्काल खारेज गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उनीहरूले सरकारको निर्णयले नागरिक तथा विद्यार्थीहरूको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

२३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् । उनका अनुसार सोही प्रतिवेदनको आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाई नियन्त्रणमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देशको संविधान कि कागजको खोस्टो ?

बर्दिबास । सामान खरिद गर्न, कुनै कामकाज निम्टाउन, घुम्न वा साथीभाइ भेट्न हामी अक्सर बजार जाने गर्छौँ। यी युवा पनि हरेकदिन आफ्नो वासस्थान छाडेर बजार आउजाउ गर्छन् तर उनको बजार जानुको उद्देश्य विल्कुलै फरक छ । उनी त हरेक दिन अरुले फालेको खानेकुरा संकलन गर्न बजार जाने आउने गर्दा रहेछन् । फालेको, सडेको र गलेका खानेकुरा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आठ दिन नौं रातको उत्साह : भक्तपुर–थिमीमा बिस्का जात्राको रमझम

काठमाडौं । भक्तपुर तथा मध्यपुर थिमी क्षेत्रमा मनाइने ऐतिहासिक बिस्का जात्राको रमझम सुरु भएको छ । आठ दिन नौं रातसम्म चल्ने जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । भक्तपुरको आकाशमा जब ५५ हात लामो ‘ल्योसिं’ (लिङ्गो) ठडिन्छ, तब यहाँका गल्लीहरूमा नयाँ वर्षको उत्साह मात्र होइन, प्राचीन सभ्यताको सुगन्ध पनि फैलिन्छ । सौर्यमान […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन् । पाकिस्तानले सुरक्षा र बन्दोबस्तीको तयारीलाई तीव्र पारिएको छ भने रंगरोकन सुरु भएको छ । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले भ्रमणमा आउने सबै विदेशी प्रतिनिधिहरूको लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक व्यापक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लुम्बिनी प्रदेशसभामा आज महत्वपूर्ण विधेयक टुंग्याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ बजे बस्दैछ । शुक्रबार बस्ने बैठकमा महत्वपूर्ण विधेयकहरू टुंग्याउने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समय लिएर आफ्ना धारणा राख्नेछन् । बैठकको मुख्य एजेन्डाका रूपमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’ माथिको सैद्धान्तिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का आजबाट जात्रा सुरु

काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । जात्राको पहिलो दिन आज साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लगिनेछ । साथै, भैरवनाथको रथ ‘भैलखः’ तानातान गर्दै जात्राको औपचारिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’ स्थापना गरिएको छ । नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो । मुटुको धड्कन अचानक बन्द हुने अवस्था अर्थात् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट […]