श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए । […]











