२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।       बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा विहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउनुपर्ने बताएका छन् ।     बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्र्थिक विकास गर्नको लागि राष्ट्रिय […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।     कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गरिने चेतावनी दिएपछि नागरिक अधिकारका क्षेत्रमा काम गर्दै आएका ३१ वटा संघसंस्थाका अगुवाहरूले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले पारदर्शी, सहभागीमूलक र अधिकारमैत्री डिजिटल नियमन प्रक्रियाको माग गर्दै संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन्।       विज्ञप्तिमा हस्ताक्षर गरेका मध्ये अनलाइन […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटमा केराको परिकार लोकप्रिय, केराको मःम बढी रोजाइमा

रौतहट । केरा खेतीको बिस्तारसंगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सन्चालनमा रहेको छ ।     दुर्गा भगवती गाउँपालिकामा दुईवटा र ईशनाथ नगरपालिकामा एक गरी तीनवटा केराकै परिकार खुवाउने रेस्टुरेन्ट व्यवसाय सन्चालनमा रहेको हो ।     यहा काँचो र पाकेको केराबाट बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘द भ्वाइस अफ नेपाल’का प्रोसेस पाण्डेलाई जिताउन आग्रह

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को फाइनल प्रतिस्पर्धा शुक्रबार हुँदैछ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच खेम सेन्चुरीले फाइनल प्रतिस्पर्धाको लागि आफ्नो टिमको तयारी राम्रो रहेको बताए ।     उनले आफ्नो टिमका फाइनलिस्ट प्रोसेस पाण्डेलाई भोट दिएर जिताउन आग्रह समेत गरे ।     […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट

एजेन्सी । अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।       अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।       अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा स्पष्ट गिरावट हो । जुन अवधिमा अमेरिकी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।     बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशीका श्रमिकलाई ‘न मान, न दाम, न सम्मान’

इटहरी । संसारभर अन्तर्राष्टिूय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी बनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु भइरहेका छन् ।     तर वास्तविक मजदुरहरु श्रमिक दिवसका दिनपनि काममै व्यस्त छन् । उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील सामाजिक सवाल पनि हो भन्ने स्पष्ट हुन्छ । सुनसरीस्थित रमपम उद्योगमा कार्यरत अशोक कुमार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन् ।       १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् ।       उनले भने, ‘श्रमिक भनेका शारीरिक र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मजदुर दिवसकै दिन बिशालनगरमा मिथिला पेन्टिङ गर्दै महिला

काठमाडौं । जनकपुर नारी विकास केन्द्रले काठमाडौंको बिशालनगरमा मिथिला पेन्टिङ गरिरहेका छन् ।     विहीबार मजदुर दिवसको दिनमा पनि उनीहरुले बिशालनरगमा विभिन्न किसिमका कलात्मक मिथिला पेन्टिङ गरिरहेका हुन् । गत सोमबारदेखि स्वीस एम्बेसीको लगानीमा आफूहरुलाई काठमाडौंको बिशालनगरमा पेन्टिङका लागि अवसर दिएको महिला कलाकार पारो दासले जानकारी दिइन् ।     उनले भनिन्,‘सोमबारदेखि हामी यहाँ […]