१८ चैत्र २०८२, बुधबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले […]

मुख्‍य समाचार समाचार

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

बागमती मुख्‍य समाचार समाचार

‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’

काठमाडौं । अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं. २ का लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए । उनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

चुनावबारे रेणु दाहालः प्रतिस्पर्धा त हुन्छ नै, डराउने प्रश्न छैन

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने तयारीमा रहेकी उनले सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको पनि दाबी गरेकी छिन् । उनले भनिन्, ‘कसै न कसैसँग त भिड्नैपर्छ […]

मुख्‍य समाचार

कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी […]

बागमती मुख्‍य समाचार समाचार

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले आज नयाँ रेकर्ड […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कर्णालीको मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएको ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दललाई लक्षित नभई कर्णालीको आवाज ओझेलमा पार्ने प्रवृत्तिविरुद्ध भएको बताएका छन्। आगामी निर्वाचनलाई लिएर सामाजिक सञ्जालमार्फत धारणा राख्दै शाहीले चुनाव जितेर संसद पुगेपछि पनि कर्णालीका सवाललाई बेवास्ता गर्ने नेताहरूको आलोचना गरेका छन्। उनले स्पष्ट पारेका छन् कि आफ्नो उम्मेदवारी दलगत प्रतिस्पर्धाभन्दा माथि रहेर कर्णालीको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए । उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसमा आन्तरिक कलहबीच टिकट वितरण तयारी, गगन-देउवा-कोइराला समूह छलफलमा

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक कलहकैबीच आगामी निर्वाचनको टिकट वितरणको तयारीमा लागेको छ । मंगलबार मनोनयन दर्ता हुनुपर्ने भएकाले आजै टिकटको टुंगो लगाउन थालिएको हो । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि टिकट मिलान र विवाद साम्य पार्न तीन गुटका नेताहरु छलफलमा छन् । विशेष महाधिवेशनबाट निर्वाचित भएर आधिकारिकता पाएका गगन थापा, शेरबहादुर देउवा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रिया, न्याय मन्त्रालयद्वारा छानबिन सुरु

काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् । आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए […]