१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो । आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन, २ वैशाखः जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, २ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २२० कायम भएको छ […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की, २ वैशाखः पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र डिआरआरसी सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो । पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु, असार पहिलो सातासम्म तथ्यांक संकलन हुने

काठमाडौं । देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आज (बुधवार) देखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरीवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् । निर्धारित कार्यतालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्यांक संकलन सम्पन्न […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक रहेको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पश्चिम एसियामा जारी शत्रुता समाप्त गर्न भइरहेको वार्तामा केही अवरोध देखिए पनि स्थिति सकारात्मक रहेको र इरान सम्झौताका लागि निकै उत्सुक रहेको दाबी गरे । अमेरिका रणनीतिक रूपमा निकै बलियो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले तेहरानले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्तार गरेर उपत्यका जोड्ने तयारी

काठमाडौं । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज विशेष छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज छलफल गर्ने भएका छन् । आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल गर्ने भएका हुन् । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् । यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व कला दिवस मनाइँदै

काठमाडौं । आज विश्व कला दिवस मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व कला दिवस मनाइँदै छ । यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ […]