१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

२०८२ : नवयुवाको विद्रोह र सत्ता उथलपुथलको बर्ष

काठमाडौं । विक्रम सम्वत् २०८२ साल नेपाली राजनीतिक इतिहासमा अत्यन्तै महत्वपूर्ण, जटिल र परिवर्तनकारी वर्षका रूपमा स्थापित भएको छ । यो वर्ष केवल सरकार परिवर्तन वा दलहरूको शक्ति सन्तुलनमा आएको फेरबदलमा मात्र सीमित रहेन, बरु जनताको चेतना, युवापुस्ताको सक्रियता, अभिव्यक्ति स्वतन्त्रताको बहस र राज्य संरचनामाथिको विश्वासको पुनःमूल्यांकनसम्म भएको देखियो । वर्षको सुरुवातसँगै देशमा राजनीतिक असन्तुष्टि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते भित्र राय तथा सुझाव माग गरेको जनाएको छ । मस्यौदामा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नेपाल भित्रिने पर्यटक संख्या र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नारायणगढ–बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

२०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लास शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो । संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई स्पष्ट पारेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा सङ्कलन गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’

काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन् । उनले भने,‘मानव ओसारपसार वा बेचबिखन गर्नु […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन, ३० चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताए । उनले भने, जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ, ३० चैतः नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमला विमलले नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्जर हुने भएका छन् । यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । मर्जरको […]