१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

मंगलबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ। आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ। आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा स्वीकार गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ । […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रौतहट सहित देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गरिँदैछ। रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ। निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरेका छन्। यस निर्णयसँगै उनले विगतमा प्रतिनिधित्व गर्दै आएको काठमाडौं–४ क्षेत्र छोड्ने भएका छन्। थापा यसअघि काठमाडौं–४ बाट लगातार तीनपटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसपटक भने पार्टीको निर्वाचन रणनीति र मधेश केन्द्रित राजनीतिक उपस्थितिलाई मजबुत बनाउने […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्। राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। माघ ६ गते अर्थात मंगलबार दिनको १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै समय तोकेको छ। तोकिएको समयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन् । सोमबार रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे । उनले भने,‘बालेन […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले भने,‘काठमाडौं घुम्न जानुहोस् । पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । […]