२२ आश्विन २०८३, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो ।   स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।   भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ ।     राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बस्यो । बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सत्तापक्षका सांसदले समेत उठेर जनताका कुरा राख्न नपाएको गुनासो गरे । सत्तापक्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ : सभापति देउवा

भक्तपुर, २५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताएका छन् ।   आज भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३औँ स्मृतिसभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै उनले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गरे ।     सभापति देउवाले प्रजातन्त्र स्थापनामा योगदान दिने जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरी प्रचारप्रचार गर्नुपर्नेमा जोड दिए । उनले भने, “जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”     कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले अहिले संसद् चल्न दिने कि नदिने भन्ने निर्णय माओवादी केन्द्रको हातमा रहेको बताएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।     प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा तीनसय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँमा पानीका लागि ट्याङ्करको भर पर्नु पर्दैन्, बर्खामा मेलम्ची बन्द हुँदैन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाँडै अन्त्य हुने बताए । आइतबार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

काठमाडौँ, २५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गरेका छन् ।     राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।     राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गरेकोमा उनीप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।  

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

काठमाडौँ, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।   आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ ।     आज जलविद्युत् समूह एक दशमलव २२ र होटल तथा व्यापार समूह शून्य दशमलव १२ […]

मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्जमा कार दुर्घटना, एकको मृत्यु, तिन घाइते

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।     गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आईतबार दिउँसो करिब ३ः१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा, २५ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो बाँसको टोकरीमा राखेर चिउरी पठाएका हुन् ।     आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ ।   वाग्मती प्रदेश सरकारले पाँच करोड र मन्थली नगरपालिकाले २ करोड १० लाख रुपैयाँ लगानी गरी कुल ७ करोड १० लाख रुपैयाँमा बनाएको चिस्यान केन्द्र आर्थिक वर्ष २०७८/०७९ देखि नै सञ्चालनमा आउनुपर्ने थियो । तर […]