२२ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गण्डक पश्चिम नहर सिंचाई आयोजना ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

नवलपरासी । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उदघाटन गरेका छन् ।     नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।   […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

तेह्र लाखको अखाद्य वस्तु नष्ट

कैलाली, २६ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,धनगढीले चालु आर्थिक वर्ष २०८१र८२ को नौ महिनाको अवधिमा रु १३ लाख बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।     कार्यालयले बजारमा बिक्री हुने र होटल, रेष्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमनको विभिन्न अनुगमनतर्फ उपभोग्य म्याद सकिएका, मिसावट पाइएका, खाद्य स्वच्छता कायम नभएका, दुषित तथा न्यूनस्तरका खाद्य पदार्थ जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिए । नष्ट गरिएका खाद्य पदार्थमा पाउरोटी, मिठाइ, मसला, दाल, मह, चामल, अत्याधिक विषादी रहेका आँप, दूधलगायत रहेका उनले बताए ।     यस अवधिमा कार्यालयमा प्राप्त नमूनाको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी, २६ जेठ । धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का वडाध्यक्ष […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् ।     दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ–आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदबाट सम्मान

काठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई विशेष सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबारदेखि सुरु भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका अवसरमा एनप्याब्सनलाई सम्मान गरिएको हो ।     सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उदघाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पुर्याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा–पत्र प्रदान गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र वुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् । राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ ।     उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल

काठमाडौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ ।     सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रदेशको स्रोत र क्षेत्राधिकार संघले कब्जा गर्यो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्रोत र जनशक्ति केही पनि नभएको बताएका छन् । संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/०८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताए ।     उनले भने, ‘संघीय वित्तियताले काम गरेको छैन् । क्षेत्राधिकार पनि एकदमै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल/प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।     हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ ।     राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे ।     “गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन,गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

काठमाडौँ, २६ जेठ । बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ नभई भएकै नागरिकताको निरन्तरता चाहेको धारणा राखे ।     त्यस अवसरमा ब्रिटिस गोर्खा भूपूसैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली  युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए ।     भूपूगोर्खा सैनिकले बेलायती सेनामा गरेको योगदान स्वरूप नेपाललाई वार्षिक करिब २१ करोड बेलायती मुद्रा प्राप्त भइरहेको जानकारी दिँदै उनले राज्यको सम्झौताअनुरूप बेलायती […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन

कञ्चनपुर, २६ जेठ । लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्योपचार सेवा सञ्चालन गरिएको हो ।     महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण,उपचार र परामर्श सेवा उपलब्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले वडा […]